728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 8, 2014

    फेरी दोलखामा भीषण पहिरो, ६ जनाको मृत्‍यु, ८ जना घाइते : उद्धार कार्य जारी


     जिरी: दोलखा सदरमुकाम जिरीमा शुक्रबार राति पहिरो जाँदा ६ जनाको ज्‍यान गएको छ भने आठ जना घाइते भएका छन्।

    पहिरो जिरीमा रहेको लिंकन बजारको बसपार्क क्षेत्रमा रहेको छाप्रो बनाएर बसेको बस्तीमा गएको हो। पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्‍यु भएको छ। मृत्‍यु हुनेमा जिरी -७ किर्तिबहादुर जिरेलका ५ वर्षीया छोरी सुजल जिरेल,१२ वर्षीया छोरी सुष्मा जिरेल रहेका छन्।

    यसैगरी जिरी-६ निवासी आङदावा तामाङ शेर्पाका ३७ वर्यषा श्रमती पेमा डोल्मा तामाङको पहिरोमा पुरिएर मृत्‍यु भएको छ भने १७ वर्षीया छोरी थुर्लुम तामाङ  बेपत्ता छिन। यस्तै तारा तामाङ र जीना तामाङको पहिरोमा पुरिएर ज्‍यान गएको प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए। उपरिक्षक काफ्‍लेका अनुसार उनीहरुको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको थियो।

    पहिरोमा पुरिएको अवस्थामा आङदावाको १७ वर्षीया छोरी थुर्लुम तामाङको पनि शव भेटिएको छ। थुर्लुमको शव भेटिएपछि पहिरोमा मृत्‍यु हुनेको संख्‍या ६ पुगेको छ। यस्तै घाइते आठ जनाको जिल्ला अस्पताल जिरीमा उपचार भइरहेको छ ।

    पहिरो गएको ठाउँमा विहानैदेखि जिल्ला प्रहरी कार्यालय, नेपाली सेना र स्थानीय मिलेर उद्दार कार्यमा जुटेका छन्। पहिरोमा पुरिएकाहरुको स्काभेटरबाट  जिरी: दोलखा सदरमुकाम जिरीमा शुक्रबार राति पहिरो जाँदा ६ जनाको ज्‍यान गएको छ भने आठ जना घाइते भएका छन्।
    पहिरो जिरीमा रहेको लिंकन बजारको बसपार्क क्षेत्रमा रहेको छाप्रो बनाएर बसेको बस्तीमा गएको हो। पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्‍यु भएको छ। मृत्‍यु हुनेमा जिरी -७ किर्तिबहादुर जिरेलका ५ वर्षीया छोरी सुजल जिरेल,१२ वर्षीया छोरी सुष्मा जिरेल रहेका छन्।

    यसैगरी जिरी-६ निवासी आङदावा तामाङ शेर्पाका ३७ वर्यषा श्रमती पेमा डोल्मा तामाङको पहिरोमा पुरिएर मृत्‍यु भएको छ भने १७ वर्षीया छोरी थुर्लुम तामाङ  बेपत्ता छिन। यस्तै तारा तामाङ र जीना तामाङको पहिरोमा पुरिएर ज्‍यान गएको प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए। उपरिक्षक काफ्‍लेका अनुसार उनीहरुको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको थियो।

    पहिरोमा पुरिएको अवस्थामा आङदावाको १७ वर्षीया छोरी थुर्लुम तामाङको पनि शव भेटिएको छ। थुर्लुमको शव भेटिएपछि पहिरोमा मृत्‍यु हुनेको संख्‍या ६ पुगेको छ। यस्तै घाइते आठ जनाको जिल्ला अस्पताल जिरीमा उपचार भइरहेको छ ।

    पहिरो गएको ठाउँमा विहानैदेखि जिल्ला प्रहरी कार्यालय, नेपाली सेना र स्थानीय मिलेर उद्दार कार्यमा जुटेका छन्। पहिरोमा पुरिएकाहरुको स्काभेटरबाट खोजी कार्य भइरहेको छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेरी दोलखामा भीषण पहिरो, ६ जनाको मृत्‍यु, ८ जना घाइते : उद्धार कार्य जारी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top