728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 8, 2014

    चरी प्रहरी कारबाहीमा मारिए पछि डनहरुको ‘लंका’मा भूकम्प, गिरी पक्राउ >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>> Read more:

    सम्पत्ति कममात्र खुलेको छ। स्रोतका अनुसार काठमाडौंमा उनको नाममा सात आना जग्गामात्र खुल्यो।
    उनको परिवारको नाममा काठमाडौं र गोरखामा गरी करिब ३० रोपनी जग्गा देखियो। ब्युरो र विभागका अनुसन्धानकर्ताले उनका नाममा कुनै सवारीसाधन फेला पारेनन्। उनको परिवारका नाममा दुई वटा कार र एउटा स्कुटर खुल्यो। बैंकमा उनका नाममा दुई लाख ४८ हजार रुपैयाँ देखियो भने परिवारको सदस्यका नाममा करिब दुई लाख रकम खुल्यो। उनका भाइ तेजेन्द्रका नाममा तीन हजार देखियो।
    राजु गोर्खाली, कुमार घैंटे, मीनकृष्ण महर्जन, साजन महर्जन, काजी शेर्पा, रोज राणा, रमेश बाहुन (सुजन पौडेल), माइला लामा, दावा लामा, रमेश श्रेष्ठ, रमेश सुनुवार, पूर्ण गुरुङ, विश्वक्रान्ति सिंह, रवि राणा, उमेश लामा, बाघ बहादुर लामा ‘बाघे’ लगायतका डनमाथि अनुसन्धान हुन सकेको छैन - हाम्रो सन्देशएसएलसी पास गरेपछि एक दशकअघि सरस्वती क्याम्पसमा पढ्न आएका थिए। उनी नयाँबजार र सोह्रखुट्टेलाई आधार बनाएर गुन्डागर्दीमा सक्रिय रहेका हुन्। उनी प्रभाव क्षेत्रमा हप्ता असुलीका साथै आर्जित रकम क्यासिनोमा लगानी गरी चर्को ब्याज असुल्थे। ‘ऊ र उसका गुन्डाले पेट्रोल हाल्थे। पैसा तिर्दैनथे, रेस्टुरेन्टमा टन्न खान्थे, कहिल्यै पैसा तिर्दैनथे,’ नयाँबजारका एक व्यवसायीले भने।
    घरजग्गामा पनि चरीको लगानी रहेको प्रहरी स्रोतले बतायो। उनी एमालेको धादिङ १ नम्बर क्षेत्रीय समितिका निवर्तमान उपाध्यक्ष हुन्। एमालेमा केपी ओली पक्षधर भनिँदै आएका उनले राजेन्द्र पाण्डे माधव नेपाल प्यानलबाट उपाध्यक्षमा चुनाव लडेपछि क्याम्प परिवर्तन गरेको स्रोतले बतायो।
    गएको माघमा खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएपछि उनी विदेश भागेका थिए। उनकै सहयोगमा रमेश बाहुनले समान पृष्ठभूमिका कांग्रेस महासमिति सदस्य मीनकृष्ण महर्जनलाई माघ ६ गते गोली हानेको अभियोग छ। मुलुकबाहिर रहँदा चरीले व्यवसायीलाई टेलिफोनमा धम्क्याएर पैसा माग्ने र उनका गुन्डाले पैसा बुझ्ने गर्थे।
    एक दशकअघि उनले कुमार घैंटेको समूहमा रहेर नयाँबजार, सोह्रखुट्टे क्षेत्रमा ‘हप्ता असुली’ सुरु गरेका थिए। २०६५ मा घैंटेसँग छुट्टएिर यार्सागुम्बु लुट्न थाले। प्रहरीसम्बद्ध स्रोतका अनुसार उनले ८ पटक गरी करिब ४० किलो यार्सागुम्बु लुटेका थिए। दुई वर्षअघि उनीसहित १२ गुन्डालाई खुकुरीरतरबारसहित प्रहरीले थानकोटमा समातेको थियो। चरीको रिहाइ माग गर्दै एमालेले धादिङ बन्दका साथै राजधानीमा समेत प्रदर्शन गरेको थियो। उनका केही गुज्डालाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो। राजनीतिक दबाबमा नवौं दिनमा उनी थुनामुक्त भएका थिए। उनलाई छाड्ने दिन काठमाडौं जिल्ला प्रशासन कार्यालय राति साढे ८ बजेसम्म खुलेको थियो। गैंडाको खागसहित पक्राउ पर्दा पनि राजनीतिक पहुँचका कारण उनी जेल जान परेन।
    गत वर्ष असार २३ मा उनीमाथि राधे भण्डारीले गोली प्रहार गरेका थिए। पाखुरामा गोली लागेका उनी अस्पतालबाटै फरारसमेत भए। उनले गत पुस १५ मा भण्डारीलाई खुकुरी हानेर घाइते बनाए। यसबीचमा उनले प्रेमिका खुश्बु ओली (पूर्वमिस टिन) सँग विवाहको तयारी गरे पनि भण्डारीसँग ग्याङफाइट पर्दा सरेको थियो। ‘उनले त समूहका सबैलाई सुटसमेत किनिदिएका थिए,’ स्रोतले भन्यो, ‘तर असुरक्षित भएकाले स्थगित भयो।’ उनीसँग ३० जनाजति पूर्णकालीन गुन्डा थिए। हालै जेलमुक्त भएका मिलन गुरुङ ‘चक्रेमिलन’ सँग मिलेर काम गर्ने उनको सहमति बनेको प्रहरीले बतायो।
    कसको कति सम्पत्ति?
    राष्ट्र बैंकमा रहेको इकाइले गरेको अनुसन्धानम’डन’ हरुले पारिवारिक सदस्य, नातेदार र कामदारको नामबाट सम्पत्ति खरिदबिक्री गरेको देखिएको छ। उनीहरुले बढीजसो ७० वर्ष उमेर पुगेका पारिवारिक सदस्य र कामदारका नामबाट आर्थिक कारोबार गरिरहेको स्रोत बताउँछ। यसमा घरजग्गा कारोबार र राजनीतिक आड पाएका व्यापारीको पनि संलग्नता देखिएको स्रोतले बतायो।
    उच्चस्रोतबाट प्राप्त गरेको यी चारै जनाको सम्पत्ति विवरणमा चल सम्पत्ति न्यून देखिए पनि अचल सम्पत्ति भने मनग्गे छ। सबैभन्दा लामो सम्पत्तिको फेहरिस्त लामाको देखियो।
    काभ्रे खहरेपाँगु स्थानीय र कोटेश्वर महादेवस्थान अस्थायी ठेगाना रहेका लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रसस्त लगानी रहेको खुल्यो। लामा, उनका बाबु, श्रीमती र भाइका नाममा रहेको सम्पत्ति विवरण अनुसन्धान अधिकारीले फेला पारेका छन्। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गा खुलेको छ।
    उनको बाबुका नाममा भक्तपुरमा ७ आना र काभ्रेमा करिब ३६ रोपनी जग्गा देखिएको छ। उनको श्रीमतीको नाममा काठमाडौं महानगरपालिका १० वडामा तीन आना तीन पैसा जग्गामा बनेको तीनतल्ले घर छ। उनका दुई जना भाइको नाममा करिब १५ रोपनी जग्गा खुलेको छ। उनको आमाको नाममा काभ्रेमा करिब पाँच रोपनी जग्गा देखियो। लामाको नाममा प्राडो, मारुती कार, निजी लोडर स्काभेटर लगायत आठ वटा सवारीसाधन खुलेको छ।
    अचल सम्पत्तिको तुलनामा उनी र उनको परिवारको नाममा नगद मौज्दात भने न्यून छ। लामाको नाममा विभिन्न बैंकमा जम्मा ५३ हजार सात सय रुपैयाँ मौज्दात र एक हजार आठ सय अमेरिकी डलर मात्र खुलेको छ। उनको भाइका नाममा एक लाख १६ हजार रुपैयाँ र एक हजार पाँच सय अमेरिकी डलर, बाबुका नाममा ५९ हजार रुपैयाँ श्रीमतीका नाममा सात हजार सात सय रुपैयाँ मौज्दात फेला परेको छ।
    उनको नाममा सिरुवा निर्माण कम्पनी, वाइबा कन्स्ट्रक्सन कम्पनी प्रालि, स्मृति निर्माण फर्म र मेलम्ची क्रसर उद्योग दर्ता छ। सिरुवाको नाममा विभिन्न बैंकमा दुई लाख २२ हजार रुपैयाँ र पाँच हजार चार सय अमेरिकी डलर, वाइबाको नाममा चार हजार रुपैयाँ, स्मृति निर्माणका नाममा १० हजार रुपैयाँ र १९ हजार डलर र मेलम्चीका नाममा ७२ हजार रुपैयाँ फेला परेको छ ।
    सिरुवामा उनका नाममा ८२ लाखको सेयर खुलेको छ भने स्मृतिमा १५ लाख, दाजुको नाममा १० लाखको सेयर छ। रात्रिकालीन व्यवस्थामा सक्रिय भए पनि ठमेलको बियर बारमा मात्र आठ प्रतिशत सेयर खुलेको छ। कोटेश्वरमा उनको नाममा जिएलएन आयल स्टोलमा पाँच लाख लगानी र पुरानो बानेश्वरमा उनको भाइका नाममा न्यु लक्ष्मी आयल स्टोलमा पाँच लाख लगानी देखिएको छ।
    लामापछि धनी देखिएका पर्शुरामको पनि नगद मौज्दात धेरै खुल्न सकेको छैन। उनी र उनका सहयोगी मुकेश बस्नेतका नाममा मोरङमा ४२ रोपनी जग्गा खुलेको छ। मोरङमा उनको श्रीमती र सहयोगीका नाममा घर तथा जग्गा भए पनि ती सबै बिक्री गरिसकेको देखिएको अनुसन्धान स्रोतले बतायो।
    उनका नाममा तीन वटा गाडी र तीन वाट मोटरसाइकल खुलेको छ। पर्शुराम र उनको सहयोगीका नाममा एडजोन एड्भरटाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा छ। पर्शुरामका नाममा नेपाल बजार इन्टरनेसनलमा २१ हजार कित्ता सेयर फेला परेको छ।
    दिपक मनाङेको नाममा कुनै पनि अचल सम्पत्ति फेला परेको छैन। उनको श्रीमतीका नाममा काठमाडौंमा करिब तीन रोपनी जग्गा र घर तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा फेला परेको छ। उनको गोसाइकुण्ड क्रसर रोडा ढुंगाको नाममा मकवानपुरमा १४ कट्ठा जग्गा खुलेको छ। विभिन्न बैंकमा उनको नाममा दुई हजार ५ सय ६२ रुपैयाँ खुलेको छ भने उनकी श्रीमतीका नाममा ५६ हजार देखिएको स्रोतले बतायो। दिपकको नाममा गोसाइकुण्ड क्रसर, ओम मल्टिपरपोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगा रोडामा गरी करिब ५० लाख सेयर लगानी रहेको अनुसन्धानस्रोतले फेला पारेको छ।
    अन्य तीन जनाको तुलनामा चक्रे मिलनको चल/अचल दुवै सम्पत्ति कममात्र खुलेको छ। स्रोतका अनुसार काठमाडौंमा उनको नाममा सात आना जग्गामात्र खुल्यो।
    उनको परिवारको नाममा काठमाडौं र गोरखामा गरी करिब ३० रोपनी जग्गा देखियो। ब्युरो र विभागका अनुसन्धानकर्ताले उनका नाममा कुनै सवारीसाधन फेला पारेनन्। उनको परिवारका नाममा दुई वटा कार र एउटा स्कुटर खुल्यो। बैंकमा उनका नाममा दुई लाख ४८ हजार रुपैयाँ देखियो भने परिवारको सदस्यका नाममा करिब दुई लाख रकम खुल्यो। उनका भाइ तेजेन्द्रका नाममा तीन हजार देखियो।
    राजु गोर्खाली, कुमार घैंटे, मीनकृष्ण महर्जन, साजन महर्जन, काजी शेर्पा, रोज राणा, रमेश बाहुन (सुजन पौडेल), माइला लामा, दावा लामा, रमेश श्रेष्ठ, रमेश सुनुवार, पूर्ण गुरुङ, विश्वक्रान्ति सिंह, रवि राणा, उमेश लामा, बाघ बहादुर लामा ‘बाघे’ लगायतका डनमाथि अनुसन्धान हुन सकेको छैन - हाम्रो सन्देश
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चरी प्रहरी कारबाहीमा मारिए पछि डनहरुको ‘लंका’मा भूकम्प, गिरी पक्राउ >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>> Read more: Rating: 5 Reviewed By: Unknown
    Scroll to Top