728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    सुन्दरता बढाउन केरा खानु उपउयुक्त


    केरामा पोटासियम, भिटामिनलगायतका पौष्टिक तत्त्व पाइने हुनाले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ। त्यसैगरी केराले सौन्दर्य वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। प्राकृतिक रूपमा मोइस्चराइजरको काम गर्छ : केरामा भिटामिन 'सी' पाइने हुनाले यसले छालाको चमक बढाउँछ। यसमा ७५ प्रतिशत पानीको मात्रा हुन्छ। यसले छाला सुक्खा हुनबाट बचाउँछ र छाला फुट्ने समस्या पनि रोक्छ। छाला मुलायम बनाउँछ : अनुहार सुक्खा तथा फोहोरीजस्तो देखिए पाकेको केरा मुछेर अनुहारमा लगाउँदा छाला मुलायम हुन्छ। अनुहारमा केराको लेप लगाएर २५ मिनेटजति राखी पानीले पखाल्नुपर्छ। छाला अति नै सुक्खा छ भने त्यसमा थोरै मह मिसाएर लगाउन सकिन्छ। केराले छाला चम्काउँछ : केरामा भएको भिटामिन सीले गर्दा छाला चम्काउन मद्दत गर्छ। केराले स्क्रबको काम गर्छ : केरामा एक चम्चा चिनी मिसाएर अनुहारमा विस्तारै माड्दै धोएमा मृत छाला जान्छ र अनुहार सफा हुन्छ। रक्तचाप नियन्त्रण गर्छ : दिनहुँ केरा खाँदा उच्च रक्तचाप नियन्त्रण गर्छ। किनकि यसमा पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम पर्याप्त मात्रामा हुन्छ। केराले तौल नियन्त्रण गर्छ : केरामा धेरै फाइबर अथवा रेसा हुने भएकाले यो सजिलै पचाउन सकिन्छ। यसले गर्दा तौल नियन्त्रण गर्न मद्दत गर्छ। केराले तनाव घटाउँछ : नियमित केराको सेवनले तनाव कम गराउँछ। तनाव कम हुँदा यसले अनुहारमा पर्ने चाउरीपनमा कमी आई सौन्दर्य वृद्धि गर्छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सुन्दरता बढाउन केरा खानु उपउयुक्त Rating: 5 Reviewed By: Unknown
    Scroll to Top