728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    फेरी बलिउडमा मनिषा कोइरालाले मीनाकुमारीको भूमिका निभाउदै

    क्यान्सरबाट मुक्ति पाएपछि पुनः बलिउड फर्किने अबसरको खोजीमा रहेकी नायिका मनिषा कोइरालालाई ‘मीनाकुमारी’को भूमिका मिलेको छ ।

    ५० र ६० को दशकमा चर्चित भारतीय अभिनेतृ मीनाकुमारीमाथि बन्न लागेको फिल्ममा मनिषा मीनाकुमारीको भूमिकामा देखिनेछिन् ।
    शशिलाल नायरको निर्देशन र मीनाकुमारीकै झड्केलो छोराको निर्माणमा बन्न लागेको फिल्ममा मनिषालाई मुख्य भूमिकामा प्रस्ताव गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
    निकै पहिले मनिषाले एडल्ट फिल्म ‘एक छोटी सी लव स्टोरी’मा काम गरेकी थिइन् । फिल्मका बिषयमा नायर र मनिषावीच भएका बिबादहरु बाहिर आएका थिए ।
    अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएपछि मनिषा यतिबेला मुम्बईमा ‘कमब्याक’को प्रतिक्षामा छिन् । उनले एक टीभी सोसमेत संचालन गर्न लागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
    ‘ट्रेजेडी क्वीन’का रुपमा चिनिने मीनाकुमारीले आफ्नो अभिनय यात्रामा करिव ९० वटा फिल्ममा अभिनय गरेकी थिइन् । ३० बर्षको फिल्म करियरमा मीनाकुमारीले निकै लोकपि्रय र ऐतिहासिक फिल्ममा अभिनय गरेकी थिइन् ।
    उनी फिल्ममा जति दुःखी भूमिकामा देखिन्थिन, उनको वास्तविक जीवन पनि त्यति नै उतारचढावपूर्ण थियो । समस्याग्रस्त प्रेमसम्बन्धका कारण पछिल्लो समयमा उनी अक्सर मदिराको नशामा डुवेकी हुन्थिन् । अधिक मदिरा सेवनकै कारण सन् १९७२ मा उनको निधन भएको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेरी बलिउडमा मनिषा कोइरालाले मीनाकुमारीको भूमिका निभाउदै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top