728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 10, 2014

    हात हल्लाउँदै बिदा भए श्रीकृष्ण श्‍वेता संग त्यो हात अब कहिल्यै उठ्ने छैन .

    नयाँदिल्ली : अभिनेत्री श्‍वेता खड्काले पक्कै सोचेकी थिइनन् आफूलाई 'बाईबाई' गरेर होटेल पठाएका पति श्रीकृष्ण श्रेष्ठले सधैंका लागि छोडेर जालान् भनेर। तर भाग्यको खेल भइदियो त्यस्तै। एक महिनाअघि मात्र विवाह गरेकी पत्‍नी श्‍वेतालाई शनिबार राति हात हल्लाएर बिदा गरेका अभिनेता श्रीकृष्णका हात अब कहिल्यै उठ्ने छैनन्।

    नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा आफूसँगै रहेकी पत्‍नीलाई होटेल पठाएको केही समयमै श्रीकृष्णले जीवनको अन्तिम श्‍वास लिए। शनिबार राति साढे ११ बजे उनको निधन भएको हो। अस्पतालमा श्रीकृष्णको निधन हुँदा दाजु मीनकृष्ण साथमा थिए।

    साँझ श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गर्ने तयारी भइरहेको थियो। तर आईसीयूमा जानुअघि नै उनले प्राण त्यागे। 'दैवको लीला यी सबै अचानक भयो', भावुक हुँदै मीनकृष्णले अन‍्‍नपूर्णसँग भने, 'भाइले यति चाँडै हामीलाई छोडेर जाला भन्ने कल्पना पनि गरेका थिएनौं।'

    मीनकृष्णका अनुसार दाजुभाइ हात समाएर गफ गरिरहेका थिए। 'मसँग हात मिलाइरहेकै बेला भाइले छोडेर गयो', उनले भने। गत असार २३ गते विवाह गरेका श्रीकृष्ण र श्‍वेता हनिमुन मनाउन भारतको सिमला गएका थिए।

    हनिमुनका क्रममा अस्वस्थ भएपछि उनलाई साउन १ गते नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार उनलाई जटिल किसिमको निमोनिया देखिएको थियो। निमोनियाबाहेक अन्य रोग नभएको चिकित्सकले बताएको जानकारी मीनकृष्णले दिए।

    श्रीकृष्णको पार्थिव शरीर सोमबार काठमाडौं लगी दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। पार्थिव शरीर आइतबार नै काठमाडौं लगिने भनिए पनि भारतमा सार्वजनिक बिदा भएका कारण कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले सम्भव नभएको हो।

    चर्चित अभिनेता श्रीकृष्णको निधन भएको खबर पाएपछि नयाँदिल्लीमा बसोबास गरिरहेका नेपालीहरू अस्पताल पुगी उनीप्रति श्रद्धाञ्‍जलि र परिवारप्रति समवेदना प्रकट गरिरहेका छन्। नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारी तीर्थ वाग्लेलगायतका पदाधिकारी पनि अस्पताल पुगेका थिए। दूतावासले श्रेष्ठको पार्थिव शरीर नेपाल लैजान पत्र तयार गरिसकेको छ।

    श्रीकृष्णका दाजुहरू रामकृष्ण श्रेष्ठ र शेखर श्रेष्ठका साथै दिदी सरला श्रेष्ठ पनि आइतबार बिहान नयाँदिल्ली आइपुगेका छन्। दाजु मीनकृष्ण भने केही दिनअघिदेखि नै भाइको उपचारका लागि नयाँदिल्लीमै थिए।श्रीकृष्ण अभिनित अन्तिम चलचित्र 'कोहिनुर' शुक्रबारदेखि रिलिज भएको छ। आकाश अधिकारीको लेखन र निर्देशन रहेको यस चलचित्रका निर्माता पनि श्रीकृष्ण नै हुन्। यसअघि श्रीले बनाएको 'कहाँ भेटिएला?' चलचित्र नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल भएको थियो।

    श्रीकृष्णले २०४६ सालमा अभिनय गरेको पहिलो चलचित्र 'भुमरी' हो। उनले गोर्खाली, जंगबाज, वरपीपल, सुख-दु:ख, हामी तीन भाई, पाहुना, ए मेरो हजुर, आफन्‍त लगायत दर्जनौ नेपाली चलचित्र चर्चित हरेका छन् भने करिब एक सयवटा चलचित्रमा अभिनय गरेका छन्।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हात हल्लाउँदै बिदा भए श्रीकृष्ण श्‍वेता संग त्यो हात अब कहिल्यै उठ्ने छैन . Rating: 5 Reviewed By: Unknown
    Scroll to Top