728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 12, 2014

    '१५ वर्षे किशोरले १३ वर्षकी बहिनीलाई गर्भवती बनाएपछि' ..

    आयरल्याण्डको बेलफाष्टमा एउटा भन्न पनि अफ्ठेरो पर्ने घटना भएको छ । बेलायती अखवार डेली मेलको अनलाइन संस्करणका अनुसार बेलफाष्टमा बस्ने एक १५ वर्षीय किशोरले आफ्नै १३ वर्षीय बहिनीलाई गर्भवती बनाएपछि घटना चर्चाको विषय  बनेको हो ।

    भन्ने समेत असजिलो लाग्ने यो घटनामा १३ वर्षीय किशोरीले आफ्नै दाजुको गर्भधारण मात्र गरिनन् बच्चा नै पैदा गरिन् । उनले पैदा गरेको बच्चाको नाम उल्लेख नगरीकन डेली मेलले यो विषयमा विवरण प्रकाशित गरेको छ ।
    यी किशोरी १३ वर्षको उमेरमा नै ठूलो उतार चडाव भोगिसकेको र बच्चा जन्माएपछि उनीहरुको मुद्धा अदालतमा पुगेको बताइएको छ ।
    यो घटना सन् २०१२ को भएपनि अहिले मात्र अदालतले यो विषयमा फैसला सुनाएको छ । अहिले पनि किशोरीको उमेर केवल १६ वर्ष रहेका कारण उनको बच्चाको पालन पोषणको विषयमा समस्या भएको छ ।

    आफ्नै बहिनीलाई गर्भवती तुल्याएका ती किशोरले आफ्नो बच्चा नभएको दावी गरेपछि डिएनए परीक्षण गर्दा यो बच्चा उनकै भएको पुष्टी भएको थियो ।
    यद्यपी ती किशोर अदालतमा भने उपस्थित भएनन् ।
    अदालतले किशोरीको उमेर कम भएका कारण बच्चालाई कसैलाई धर्म सन्तानकोरुपमा सुम्पिने र किशोरीलाई पुनर्स्थापना केन्द्रमा पठाउने फैसला सुनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: '१५ वर्षे किशोरले १३ वर्षकी बहिनीलाई गर्भवती बनाएपछि' .. Rating: 5 Reviewed By: Unknown
    Scroll to Top