728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    कोरियाको लागि आवेदन फारम दिन आउँदा प्रहरीको लाठी खाएर बिहोस्

    काठमाडौं, श्रावण २८ - वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहने कामदारको कोरियाली भाषा परीक्षाको आवेदन फारम बुधबारदेखि संकलन गर्न सुरु गरिएको छ ।


    वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले काठमाडौंका ३ स्थान र काठमाडौं उपत्यका बाहिरका ४ स्थानबाट आवेदन संकलन सुरु गरेको छ ।

    आवेदन फारम काठमाडौंको च्यासल, कीर्तिपुरस्थित ल्याब स्कुल र सीतापाइलास्थित एक्मे इन्जिनियरिङ कलेजबाट संकलन भइरहेको छ । त्यस्तै, काठमाडौं उपत्यकाबाहिर धरान, पोखरा, बुटवल र डडेल्धुरामा पनि आवेदन फारम संकलन केन्द्र स्थापना गरी आवेदन संकलन गर्ने काम सुरु भएको छ । आवेदन फारम ४ दिनसम्म संकलन हुने शाखाले जनाएको छ ।

    पहिलो दिन हजारौं युवा आवेदन फाराम बुझाउन आएपछि भीडलाई व्यवस्थापन गर्न प्रहरी परिचालित गरिएको छ । शाखाले कोरियाली भाषा उत्तीर्ण भए कोरियामा रोजगार आवेदन दिन योग्य हुनेमात्र तर त्यसबाट रोजगारीको सुनिश्चितता नहुने जनाएको छ ।

    बुधबार १९ हजार ४ सय २८ जनाले फाराम बुझाए । काठमाडौंको सीतापाइला, च्यासल र कीर्तिपुरमा गरी ११
    हजारभन्दा बढीले फारम बुझाएका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कोरियाको लागि आवेदन फारम दिन आउँदा प्रहरीको लाठी खाएर बिहोस् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top