किर्तिपुर। सफाइ अभियन्ता निपेश ढाकाले त्रिभुवन विश्वविद्यालय हाताबाट ४० बोरा सेनेटरी प्याड, कण्डम र फोहोर संकलन गरि क्याम्पस प्रशासनलाई बुझाएका छन्।
शिक्षाको गुणस्तर बढेमात्र मानिसको सभ्यता र शिष्टता बढ्ने र समाज समुदायको विकास हुने उनको भनाई छ। भोलिका दिनदेखी आफ्नै देशमा केहि गर्ने उदेश्यले सधैको लागि नेपाल फर्किएका निपेश वातावरण र जनचेतना सम्बन्धि काममा आफुले काम गर्ने बताएका छन्।
क्याम्पस हातामा फालिएका चुईगम, चकलेट, चाउचाउ, पेय पदार्थ, गुट्का, पान पराग, रक्सीका वोतलहरु, झयाल का शिशा अनि मार्वलका टुक्रा, प्लाष्टिकका ग्लास साथमा कण्डम, सेनेटरी प्याडहरु पनि संकलन गरि ४० बोरा फोहर हस्तान्तरण गरिएको हो। साथमा ढाकाले २२ बुँदे सुझाव पनि विश्वविद्यालय प्रशासनलाई हस्तान्तरण गरे। प्रोफेसर डा. रेजिना मास्के बेन्जु मार्फत सो फोहोर हस्तान्तरण गरिएको हो।केन्द्रिय क्याम्पसका प्रिन्सिपललाई केहि पत्रकार र विद्यार्थीको माझमा हस्तान्तर गर्ने उदेश्य सहित बोलाइएपनि उहाँको उपस्थिति भएन। पछि प्रोफेसर मास्केलाई कार्यक्रमको परिचय, उदेश्य र अभियान सम्बन्धि छोटो मन्तव्य दिदै पत्रकार, विद्यार्थी, प्रोफेसर र अन्य केहि व्यत्तिको माझ हस्तान्तरण गरिएको थियो।
निपेश ढाकाको सानो प्रयासले विश्वविद्यालय परिसरमा विश्व वातावरण दिवस अर्थात जुन ५ को दिनदेखि अनवरत रुपमा प्रत्येक साँझ ५ वजे देखि ७ वजे सम्म र नभ्याएको दिन विहान पनि उनि फोहर उठाउन लागी पर्दथे। पहिलो शुरुवात क्याम्पस प्रमुखको कार्यलय देखि पुस्तकालय हुँदै विज्ञान संकायका सबै विभागका अगाडि भएका प्लाष्टिकका साथै माटो र जमिनलाई प्रतिकुल असर पार्ने खालका नकुहिने वस्तुहरु साथै झ्यालका शिशाका ग्लासहरु संकलन गरिएको थियो।
१३१ रोपनि क्षेत्रफल परिसमा रहेको त्रि.वि.मा निकै फोहोर भएका अवस्थामा ३२ वटा विभागहरु छन्। प्रत्येक विभागमा कम्तिमा २, ३ जना पियन रहेका छन्। तर फोहोर भने सफा गर्न सकैले ध्यान दिदैन। फोहर फाल्ने कन्टेनर नहुँदा जता पायो त्यतै फालिन्छ। क्याम्पस प्रशासनका बुद्धिजिवि भनिने हरुलाई पनि फोहर व्यवस्थापन गर्नु पर्छ भन्ने चेतना छैन । फोहरहरु जलाइन्छ। फोहरहरु जलाउन हुदैन यसले जलाउँदा कयौ गुणा असर गर्छ भन्ने समेत क्याम्पसका वुद्धिजिवीहरुलाई थाहा नभएको झै देखिन्छ उनी भन्छन।
२०६२ सालमा केन्द्रिय विभागबाट गणित विषयमा स्नाकोत्तर गरेका निपेश केहि बर्षको स्कुल कलेजको
अध्यापन पछि जर्मनिको म्युनिखको टेक्निकल विश्व विद्यालयबाट, भु संरक्षण, माटो र पानी व्यवस्थापन विषयमा वातावरण विज्ञानमा स्नाकोत्तर गरेर पोहर साल स्वेदशमा फर्कियका नेपाली युवा हुन्। उनको नेपालको स्नाकोत्तर अध्ययन पश्चात स्कुल, तथा विश्वविद्यालयको वाहिरी र केहि भित्रि केहि कमजोरिहरु निकै नजिक सम्म नियाल्ने अवसर पाएका शिक्षण संस्थाहरु राजनिति हाविको कारण गुणस्तर खस्केको बताउछन्।शिक्षाको गुणस्तर बढेमात्र मानिसको सभ्यता र शिष्टता बढ्ने र समाज समुदायको विकास हुने उनको भनाई छ। भोलिका दिनदेखी आफ्नै देशमा केहि गर्ने उदेश्यले सधैको लागि नेपाल फर्किएका निपेश वातावरण र जनचेतना सम्बन्धि काममा आफुले काम गर्ने बताएका छन्।
0 comments:
Post a Comment