728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 10, 2014

    श्रीकृष्ण श्रेष्ठको शवलाई आज दाहसंस्कार गरिने ! कस्ता थिए त श्रीकृष्ण (भिडियोसहित)


    काठमाडौं, श्रावण २५ ।नेपाली सिनेमाका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको गएराती निधन भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा श्रेष्ठको गएराती निधन भएको हो । गत असार आखिरी नायिका श्वेता खड्कासंग विवाह बन्धनमा बाँधिएलगत्तै हनीमुनका लागि भन्दै भारततर्पm गएका श्रेष्ठको निमोनिया बल्झिएपछि उपचारका लागि एपोलो अस्पतालमा भर्ना भएका थिए । निमोनियासँगै फोक्सोमा पानी जमेको बताइएका श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो । २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले नाता फिल्मबाट पूर्ण नायकको भूमिका निर्वाह गर्न थालेका थिए । श्रेष्ठले अभिनय गरेका ‘आफन्त’ ‘आफ्नो मान्छे’ ‘हामी तीनभाई’ ‘दुखसुख’ ‘कहाँ भेटिएला’ ‘कोहिनूर’ लगायत दर्जनौं चर्चित फिल्म रहेका छन् । केही समययता फिल्म समेत बनाउन थालेका ४७ बर्षिय श्रेष्ठद्वारा निर्मित तथा अभिनित पछिल्लो चलचित्र ‘कोहिनूर’ हो । जुन यसै महिनादेखि देशभर प्रदर्शन भईरहेको छ । श्रेष्ठको शव भोली नयाँ दिल्लीबाट काठमाडौं ल्याइने दाहसंस्कार गरिने जनाइएको छ । शव ल्याएपछि प्रज्ञा भवनमा श्रद्धाञ्जलीका लागि राखिने पनि चलचित्र विकास वोर्डले जनाएको छ ।+
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रीकृष्ण श्रेष्ठको शवलाई आज दाहसंस्कार गरिने ! कस्ता थिए त श्रीकृष्ण (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top