728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 10, 2014

    चर्चित रञ्जना हल बन्यो ‘रन्जना ट्रेड सेन्टर’, आइतबारदेखि सञ्चालनमा

     २५ साउन काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको कुनै बेलाको चर्चित रञ्जना सिनेमा हल अब अत्याधुनिक ‘रन्जना ट्रेड सेन्टर’को रुपमा संचालनमा आएको छ ।

    आइतवार उक्त ट्रेड सेन्टरको उद्घाटन बरिष्ठ संष्कृतिबिद एवम् साहित्यकार सत्यमोहन जोशीले गरे ।
    ट्रेड सेन्टरभित्र ३ सय ७० वटा व्यापारिक पसलहरु रहेका छन् । एउटै भवनभित्र विभिन्न पसलहरु उपलब्ध हुने गरी सेन्टरलाई सञ्चालनमा ल्याइएको हो । सेन्टरमा फेन्सी तथा रेडिमेड, जुत्ता, व्याग, गर-गहनालगायतको होलसेल पसलहरु रहेका छन् । आठ हजार वर्ग फिटको फुड कोर्ट रहेको ट्रेड सेन्टरभित्र सिनेमा हलसमेत रहेको छ । डबल बेस्मेन्टको पर्याप्त पार्किङ सुविधा, लिफ्ट, इस्कालेटर र सुरक्षाका लागि सिसि टिभीसमेत जडान गरिएको कम्पनीले जनाएको छ ।

    पसलका सटरहरु रिमोट कन्ट्रोलयुक्त स्टेन्लेस स्टिलमा रहेका छन् । सटर खोल्न रिमोट र कोड अनिवार्य पर्ने भएकाले पूर्णसुरक्षित रहेको कम्पनीको दाबी छ । सेन्टरका व्यवसायीको लागि छुट्टै गोदाम घरको समेत व्यवस्था गरिएको छ । गोदामको बीमा पनि गरिएको छ ।

    सेन्टरका अध्यक्ष कालु गुरुङले रन्जना ट्रेड सेन्टरलाई अत्याधुनिक बनाइएको बताए । ‘ट्रेड सेन्टरभित्र व्यापार गर्ने व्यापारीलाई ढुक्क बनाउन सुरक्षा र सुविधा प्रदान गरिएको छ’, उनले भने ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चर्चित रञ्जना हल बन्यो ‘रन्जना ट्रेड सेन्टर’, आइतबारदेखि सञ्चालनमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top