728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    गोरखामा गोली चल्यो, ज्यान जोगाउन सेनाको गुल्ममा

    गोरखा: गोरखाको सिम्जुङ्ग गाबिस ६ सिरानडाँडामा स्थानीय र प्रहरी बीचको झडपमा प्रहरीको गोली लागेर एक वृद्ध घाइते भएका छन् । बिहिबार अपरान्ह चार बजेतिर प्रहरी चौकी भच्चेकबाट गएको प्रहरी र स्थानीय तामाङ समुदाय बीच भएको झडपमा गोली लाग्दा ६२ बर्षे अँधेरे भनिने लाक्पा तामाङ घाइते भएका हुन् ।


    उनको दाइने तिध्रामा गोलीले छेंडेर निस्केको स्थानीय प्रदीपजंग शेर्पाले जानकारी दिएका छन् । घाइते तामाङ्को भच्चेक स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि सदरमुकाम ल्याइएको छ ।

    घरेलु हातहतियार सहित त्यहाँ पुगेका डेढसय जनाको समूहले दुई घण्टासम्म भच्चेक प्रहरी चौकी घेरा हालेर नाराबाजी गरेका स्थानीय प्रत्यक्षदर्शीले बताए । चौकीमा रहेका नौ जनामध्य तनाब भएपछि स्थानीयले प्रहरी सहायक निरीक्षक र हल्वल्दारलाई नियन्त्रणमा लिएका थिए ।
    चार जना ज्यान जोगाउन सोही ठाउँस्थित सेनाको गुल्ममा पुगेका थिए । दुई जना भने बिहिबार साँझ अबेरसम्म संपर्कमा नआएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
    स्थितिलाई नियन्त्रणमा लिन साँझ सदरमुकामबाट जिल्ला प्रहरी प्रमुख रमेश थापा नेतृत्वको ३५ जनाको टोली घटनास्थलतर्फ गएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय जौबारी, बारपाक प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट बालुवा र धारापानीबाट पनि प्रहरीहरु त्यसतर्फ गएको प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन् ।

    स्थानीयहरुले गोरु काटेर खाएको तथा रक्सी खाएर होहल्ला गरेको भन्ने स्थानीयको सूचनाको आधारमा त्यसतर्फ गएको असई गोविन्द आचार्य नेतृत्वको सात जना प्रहरी र स्थानीय बीच अपरान्ह ४ बजे झडप भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रहरीले तीन राउण्ड गोली चलाएको थियो । ‘पहिलो पल्ट चलाएकोले लाक्पालाई लाग्यो’ स्थानीय प्रदीपजंग शेर्पाले भने ‘दोस्रो र तेस्रो गोली आकासमा हानेका थिए ।’ घाईते भएका तामाङ्गलाई नेपाली सेनाको टोलीले उपचारका लागि सदरमुकामतर्फ ल्याएको उनले बताए । घटनास्थल सदरमुकामबाट १७ कोश उत्तरमा पर्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गोरखामा गोली चल्यो, ज्यान जोगाउन सेनाको गुल्ममा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top