728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 9, 2014

    गजल "जन्मियो

    गजल 
    जन्मियो ऊ लिएर नाम "दिनेशको"तर बन्यो कुख्यात् "चरी"
    फैलायो नि कस्तो दुर्नाम?  समाज र गाउँ घर   देशभरी । 

    जन्मँदै के ले’र आयो?निधारमै लुट्दै खाने ती जनलाई
    त्यै नतिजा भोग्दै रोइेन् अहो!आमा कस्तोगरी लौ!धर्धरी ।

    भन्छन् सबै कुपुत्र यी हुनुभन्दा अपुताली हुनु बेस् हो  
    दुर्गन्ध नै फैलियो रे सारा देश शहरको वरिपरी । 

    लिन्छन् काम नेताहरु सोझा साझा युवालाई प्रयोग् गर्दै
    जान्छ ज्यान नेताभक्ते बनेर लौ!अनाहकमै यसैगरी।

    असल राम्रो शिक्षा दिने बाबु आमा खासै कहाँ हुँदा हुन् र ?
    हुर्कन्छन् है "चरी"जस्तै दुर्नामको दुर्गन्ध नै यस्तै छरी ।     

    दिए होलान् पक्कै पनि आशिर्वाद बा-आमाले असल् बन्ने 
    कति खसे होलान् आसुँ?बा-आमाका आँखाबाट  कठैबरी! 

    कति दुखे मुटु अनि  भए बिचलित्  शायद् परिवार् ती
    सताउँदो हो आमालाई मृत छोराको  सम्झनाले घरिघरि ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गजल "जन्मियो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top