728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 12, 2014

    कोरियन भाषा परीक्षाको फारम भर्न रातभर लाइनमा


    काठमाडौँ, २७ साउन, भोलि बुधवारदेखि सुरु हुने कोरियन भाषा परीक्षा (इपिएस) को फारम भर्न आज दिउँसोदेखि नै युवाहरु लाइनमा बसेका छन् । भोलिबाट भिडभाड हुने र फारम भर्न नपाइने हो कि भन्दै युवाहरु आजैबाट लाइनमा बसेका हुन् । भोलि विहान ९ बजेबाट सुरु हुने फारम वितरणको लागि हजारैँ युवा अहिले रातभरी पनि सडकमा र खुला चौरमा रातै विताउने गरी लाइनमा उभिएका छन् । काठमाडौँका ३ स्थानमा फारम भर्न पाइने भए पनि कीर्तिपुर स्थित ल्यावरोटरी स्कूलमा आजैबाट युवाहरुको जमात बढेको छ । आज दिउँसोबाटै लाइन बसेका युवाहरु बेलुका हुँदा करिब २ हजारको संख्यामा लाइनमा बसेका छन् । उनीहरु फारम भर्नकै लागि भात, पानी, निन्द्रा माया मारेर लाइनमा लागेका हुन् । फारम भर्ने परीक्षार्थी कति हुन्छन्, अन्तिममा भर्न पाइने हो कि नपइने हो भन्ने त्रास र अज्ञानताका कारण युवाहरु रातविरात लाइनमा बसेका छन् । कीर्तिपुरको सुन्दरीघाट स्थित फारम वितरण केन्द्रमा लाइन लागेका युवालाई प्रहरीले नियन्त्रण गर्न अहिले कठिन भइ रहेको छ । उनीहरु अगाडि बस्ने सोचमा घम्साघम्सी गर्न र तछाडमछाड गर्न लागि परेका छन् । भाषा परीक्षामा पास हुँदैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन भनेर इपिएस शाखाले पटक पटक सूचना गर्दा पनि युवाहरुमा कोरिया मोह बढेको र धन कमाउने सपनाले यो रातमा लाइन बस्न तम्सिएका हुन् । साउन २८ गतेदेखि ३१ गतेसम्म फारम भर्ने म्याद तोकिएको भए पनि भोलि २८ गतेकै लागि धेरै आजैबाट लाइनमा बसेका छन् । अघिल्लो साल भएको परीक्षामा पनि फारम भर्न युवाहरु अघिल्लो दिनदेखि नै लाइनमा बसेको तर दोस्रो दिनदेखि लाइन पुरै खाली भएको थियो । यो पटक ६० हजार आवेदन पर्न सक्ने भन्दै सोही अनुसार फारम वितरण गरिने इपिएस शाखाले जनाएको छ । अघिल्लो सालको परीक्षामा करिब ४८ हजारले आवेदन फारम भरेका थिए । उत्पादनमूलक क्षेत्र र कृषि, पशुपालन तथा मत्यपालन गरी दुई शीर्षकमा फारम भर्न पाइने व्यवस्था यो पटक पनि गरेको छ भने कति संख्यामा परीक्षार्थी उत्तीर्ण गराउने त्यो भने यो पटक खुलाइएको छैन । अघिल्लो वर्ष करिब ८ हजारलाई पास गराइएकोमा यो पटक केही संख्या बढ्न सक्ने अनुमान भने गरिएको छ । सडक तथा नालीमा सर्प तथा अन्य किराहरुको डर हुने भए पनि युवाहरुको त्यसको पर्वाह नगरी कोरियाको सपना देखेर यसरी लाइनमा २४ घण्टा अघिदेखि नै उभिँदा धेरैको मन खिन्न भएको पाइएको छ । परीक्षा फारम वितरणलाई मर्यादित बनाउन र युवाको यस्तो समस्यालाई मध्यनजर गरेर आजैबाट यसरी अनियन्त्रित भिड फारम वितरण केन्द्रमा जम्मा हुन नदिनु पर्नेमा प्रशासन तथा सम्बन्धित निकायले कुनै पहल गरेको देखिदैन । ४ दिनको फारम वितरणमा सहज नभए अर्को दिन थप गरेर भए पनि सहभागिहरुलाई फारम भर्नबाट बञ्चित गर्न नहुनेमा रातविरात लाइनमा बस्न बाध्य बनाइएको गुनासो परीक्षार्थीहरुको छ - See more at: 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कोरियन भाषा परीक्षाको फारम भर्न रातभर लाइनमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top