728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 12, 2014

    श्रीकृष्णको मृत्युसँगै किशोरीद्वारा आत्माहत्या


    काभ्रे । काभ्रेको महेन्द्रज्योति बाँस्डोल गाविस ५ की १५ वर्षीय रोनियाँ कुँवरले नायक श्रीकृष्ण श्रेष्ठको निधनको खबर आइरहेका बेला टेलिभिजन हेर्ने विषयमा भएको विवादले लिएर घरकै भर्‍याङमा आफ्नै सलको पासो लगाएर आत्माहत्या गरेकी छन् ।


    उनले पूर्णिमाको दिन राति १० बजे आत्माहत्या गरेकी हुन् । इलाका प्रहरी कार्यलय बनेपाका अनुसार बाबु राजन नेपलाी सेनाका भर्खरै अवकाशप्राप्त क्लर्क हुन् । एक छोरा र एक छोरी रहेका कुँवरले सन्तानको खुसीलाई कहिल्यै नकारेनन् ।

    सोही दिन विहान छोरीलाई भक्तपुरमा रहेको डोलेश्वर महादेव मन्दिरको दर्शन गराएर सिपाडोलस्थित मामाघरमा खाना खुवाउन लगेका थिए । मामाघरबाट साँझ फर्किएका उनीहरुले बेलुकी खान बोलाउदा आइनन् । टीभीमा सिरियल आइरहेको थियो ।

    नेपाली च्यानलमा नायक श्रीकृष्ण श्रेष्ठको मृत्युको खबरले प्रधानता पाएको थियो । आमाले त्यही समाचार लाउ भन्दै थिइन् । रोनियाँले रिमोट लुकाइन् । खान बोलाउदा कोठाबाटै बाहिर आउन मानिनन् । खाना खाइसकेर सबैले बोलाउदा पनि टेरिनन् । टीभी हेर्न पनि दिइनन् ।

    श्रीकृष्णको समाचार हेर्न भन्दै उनलाई एक्लै छोडेर छिमेकीको घरतिर निस्कियो । यता रोनियाले आफूबसेको कोठाको ढोकामा चुकल लगाएर सलले पासो लगाएकी थिइन् ।

    घमण्डी स्वभावकी रोनिया धेरैबेर बाहिर ननिस्किएपछि बोलाउन आएका बाबुले थाहा पाउँदा छोरी कोठाबाट
    निस्किएर माथिल्लो भर्‍याङमा झुण्डिसकेकी थिइन् । उनी जनागालस्थित नाइटिङगेल स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै थिइन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रीकृष्णको मृत्युसँगै किशोरीद्वारा आत्माहत्या Rating: 5 Reviewed By: Unknown
    Scroll to Top