728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 10, 2014

    बस दुर्घटनामा ४४ को मृत्यु

     बेइजिङ: चीनको स्वशासित क्षेत्र तिब्बतको प्रान्तीय राजधानी ल्हासाबाट करिब ९० किलोमिटर टाढा पर्ने न्येमो उपनगरमा एउटा पर्यटक बस दुर्घटनाग्रस्त हुँदा ४४ जना यात्रुको मृत्यु भएको छ । पचास जना पर्यटक यात्रु बोकेर गइरहेको सो बस दक्षिणी तिब्बतको पहाडीइलाकामा दुर्घटनाग्रस्त भई सडकबाट ३३ फिट तल खसी चट्टानमा बज्रिन पुगेको थियो ।
     
    बसमा सवार अन्य ११ यात्रु घाइते भएका छन् । उक्त बस एक जिप र पिकअप भ्यानसँग ठोक्किँएको थियो । जिप र भ्यानका चालकसहित चार जना यात्रु रहेका थिए । उनीहरूसाधारण घाइते भएका छन् ।

    बसमा सवार यात्रुहरू चीनबाट तिब्बत र ल्हासा यात्रा गर्न गएका जनाइएको छ । चिनियाँ प्रहरीले सो यात्राको बन्न्दोबस्त गर्न ट्राभल एजेन्सी र टुर कम्पनीका व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

    सो बसमा कुनै पनि विदेशी नागरिक नभएको बताइएको छ । केही वर्षयता तिब्बतमा आन्तारिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । पहाडी इलाका र ठाउँ ठाउँमा कच्ची बाटो समेत रहनाले तिब्बत तर्फको यात्रा केही खतरनाक रहेको समेत जनाइएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बस दुर्घटनामा ४४ को मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top