728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    चरमयौनसन्तुष्टि लिने सजिलो उपाए: जानी राखौ

    नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसँगै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ । नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना चाँडै आउँछ । साथै, त्यस्ता महिलाले चरमोत्कर्ष चाँडै हासिल गर्ने अध्ययनले पत्ता लगाएको छ ।

    अमेरिकी राज्य फ्लोरिडाको अटलान्टिक युनिभर्सिटीका प्राध्यापक टिना एम पेनहोको टोलीले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उत्तेजना बढाउन चाहने महिलाले आफ्नो शरीरलाई क्रियाशील बनाउनुपर्छ । व्यायामको क्रममा महिलाको शरीरमा ग्रोथ तथा टेस्टोस्टोरन हार्मोन बढी पैदा हुने र यस्तो हार्मोनले कामोत्तेजना जगाउने अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताइन ।

    अनुसन्धानका क्रममा केही महिलालाई २० मिनेटसम्म साइकलिङ गराइएको थियो । त्यसलगत्तै उनीहरुलाई पोर्न फिल्म देखाइयो । सामान्य अवस्थामा भन्दा साइकलिङ गरेपछि पोर्न फिल्म हेर्दा महिलामा एक सय ६९ प्रतिशत बढी कामोत्तेजना जागेको मापन गरिएको थियो । व्यायामका कारण तनावमुक्त हुने र यसले यौन क्रियाकलापमा लीन हुन महिलालाई प्रेरित गर्ने तथ्य यसअघि पनि विभिन्न अध्ययनले पत्ता लगाइसकेको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चरमयौनसन्तुष्टि लिने सजिलो उपाए: जानी राखौ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top