728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    भारत हुँदै मकाउ जाँदै गरेका सात नेपाली युवतीको उद्धार


    बर्दिया, भाद्र १९ । नयाँ दिल्ली हुँदै मकाउ जाने क्रममा प्रहरीले बर्दियाको सीमानामा पर्ने भारतको उत्तरप्रदेश बहराइचको लौकाहीबाट ७ जना नेपाली युवतीलाई उद्धार गरेको छ ।

     भारतीय सीमा सुरक्षा बल एसएसवीको सहयोगमा गोरखा र बुटवल घर भएका  ती युवतीलाई उद्धार गरिएको हो ।


    उनीहरुलाई अहिले नेपाल प्रहरीको जिम्मामा राखिएको छ । नेपालगञ्ज नाका हुँदै भारत जान लागेका युवतीहरुलाई माइती नेपालले फिर्ता पठाएपछि उनीहरु अर्को बाटो जान लागेका थिए ।

    उद्धार गरिएका युवती अभिभावकलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । युवतीसँगै पक्राउ परेकालाई भने
    अनुसन्धानपछिमात्र सार्वजनिक गरिने भएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारत हुँदै मकाउ जाँदै गरेका सात नेपाली युवतीको उद्धार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top