728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 8, 2014

    चरी मारिदा शोकमा परिन् चर्चित मोडल (भिडियोसहित)...

    गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ बुधबार प्रहरी मुठभेडमा मारिंदा एक चर्चित मोडल शोकमा परेकी छिन् ।
    सन् २००६ की मिस टीन नेपाल खुश्वु ओली केही बर्षदेखि दिनेश अधिकारीसँग अफयेरमा थिइन् । प्रहरीले ओलीको घरबाटै चरीले चढ्ने गाडीसमेत बरामद गरेको थियो ।


    बुधबार साँझ चरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदा यी मोडल शोकमग्न र आक्रोशित मुद्रामा थिइन् ।
    ‘उसलाई पुलिसले योजनाबद्धरुपमा मारेको हो’ ओलीले मिडियासामु भनिन् – ६ महिनादेखि नै उसलाई मार्न लागिरहेको थियो ।’

    अर्पण कोइराला नामक ब्यक्तिले अाफुलार्इ पछ्ययाएको तर आफुले मतलव नगरेपछि चरीलाई निशाना बनाइएको उनको दावी थियो । दिनेश र आफ्नो सम्बन्धका कारण अर्पणले नै पुलिसले पटकपटक दुःख दिएको उनको भनाई थियो । उनले दिनेशसँग आफ्नो ‘पारिवारिक’ सम्बन्ध रहेको बताइन् ।

    तपाईसँग आज भेट भएको थियो ? संचारकर्मीको प्रश्नमा खुश्वुले भनिन्- आज भेट भएको थिएन् ।’
    सन् २००५ मा पहिलो मिस टीन नेपाल भएकी थिइन् पि्रयंका कार्की जो अहिले नेपाली सिने जगतकी चर्चित नायिका हुन् ।

     सन् २००६ मा उपाधि जितेकी ओली केही बिज्ञापनमा अभिनय गरेपनि सिनेमा क्षेत्रमा आइनन् ।
    हाल उनी ह्युमन वेलफेयर ग्रुपमार्फत् समाजसेवामा पनि सक्रिय छिन ।

    सूत्रका अनुसार अपर्प कोइराला खुश्वुका पूर्व प्रेमी हुन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चरी मारिदा शोकमा परिन् चर्चित मोडल (भिडियोसहित)... Rating: 5 Reviewed By: Unknown
    Scroll to Top